ताप्लेजुङमा थोःक्लाको चर्चा

रेडियो ताप्लेजुङ । बैसाख ३ गते । पत्रकार तथा मानवअधिकारकर्मी मनोज तेयुङ लिम्बुको कृत्रि लिम्बु भाषाको कविता सङ्ग्रह थोःक्ला सोमबार फुङलिङमा चर्चा गरिएको छ । लेखक लिम्बुले पत्रकार तथा राजनीतिक दललाई कृत्रि वितरणगर्दै कविताका बारेमा प्रकाश पारे । लिम्बुले भने,‘लिम्बु भाषा र लिपी संरक्षणका लागि प्रकाशित गरेको छु । ३५ वटा कविता समावेश छन् ।’ कविता गद्य र पद्य तथा पालाम र माङ्घो छन्दमा लेखिएका छन् । लिम्बु भाषमा थोःक्ला भनेको नेपाली भाषामा ढोया हो । जो माईतीले चेलीलाई आर्थिक उपार्जनको आश गर्दै चौपाया या पशुपंछि उपहार स्वरुप दिएपछि माइतीले त्यसवापत केही रकम या गर गहना प्रदान गर्नुलाई ढोया भनिन्छ । चेलीले विदेश गएका माइतीलाई ढोया लगाउने प्रचलन पछिल्लो समय हट्दै गएकाले कविले यसबारे पुर्नजागृत गर्दैै संस्कार र संस्कृतिको स्मरण गराएका छन् । लिम्बु तेह्रथुमस्थित सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेमका संस्थापक स्टेशन मेनेजर हुन् । पत्रकार महासँघका उपाध्यक्ष गंगा लिङ्खिम र पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारी लगायतले सर्जक लिम्बुले साहित्यमार्फत लिम्बु भाषा धर्म तथा संस्कार संरक्षणमा योगदान पुर्याएको भन्दै भविष्यमा निरन्तरता दिन शुभकामना दिए । कार्यक्रम नेपाल पत्रकार महासँघको कार्यालयमा भएको थियो ।

निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान
रेडियो ताप्लेजुङ कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त

दोभान अग्निपीडितलाई ५० हजार आर्थिक सहयोग
रेडियो ताप्लेजुङ असोज ३१ गते । मेरिङदेन गाउँपालिका–३ दोभान बजारका अग्निपीडितलाई ५० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मेरिङदेन
..jpeg)
पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन
रेडियो ताप्लेजुङ असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका


..jpeg)
..jpeg)




प्रतिकृया दिनुहोस